Tuesday, January 6, 2009

फोन र इमेलबाट फटाफट उपचार

रामकृष्ण चापागार्इं (काभ्रे), समाचारपत्र
धुलिखेल अस्पतालको काठमाडांैस्थित नैकाप स्वास्थ्य केन्द्रमा दुइ हप्ताअगाडि एक वृद्ध महिला उपचारका लागि आइन्। स्थानीय ८० वषीया ती वृद्धाको समस्या थियो हातमा घाउ र हात चिलाउने।
उच्च रक्तचापको औषधि सेवन गरिरहेकी ती वृद्धाको हात साबुन पानी चलाउँदा अझ बढी चिलाउँथ्यो। चिराचिरा परेको उनको हातबाट कहिलेकाहीं रगत मिसिएको पानीसमेत बग्ने गथ्र्यो। जसको कारण उनी आŠनो हातबाट खाना खान र केही काम गर्न सक्दिनथिइन्।
यो रोगको निदान गर्न नसकेपछि त्यहाँ कार्यरत चिकित्सक डा. रविन कर्माचार्यले धुलिखेल अस्पतालका छाला तथा यौनरोग विशेषज्ञ डा. धर्मेन्द्र झालाई ती वृद्धाको तीनवटा फोटोसहित बिरामीको बारेमा सबै कुरा लेखेर इमेल पठाए।
विशेषज्ञ डा. झाले धुलिखेल अस्पतालमै बसेर नैकापमा कार्यरत चिकित्सकलाई उनको उपचार विधि र औषधिको बारेमा जानकारी दिए। सोही जानकारीअनुसार उपचार गरेपछि ६ दिनपछाडि नै ती वृद्धाको रोग निको भयो। उनले आŠनै हातले खाना खान सक्ने भइन्, काम पनि गर्न सक्ने भइन्। उनको धन्यवादसहित डा. झालाई अर्को इमेल आयो।
जसमा उपचारपछि निको भएको वृद्धाको हातको तीनवटा फोटो र ती वृद्धाले डा. झालाई भेट्न चाहेको कुरा थियो। सोही स्वास्थ्य केन्द्रमा अर्को ँकेस’ आयो हरिराम ठाकुरको। उनको जिउभरि खटिरा आएर सहनै नसक्ने गरी चिलाउनुपथ्र्यो। चिलाउन थालेपछि उपचारका लागि ठाकुर त्यहाँ आएका थिए। उनको जीउको खटिरा कालो सुख्खा किसिमको थियो।
उनको पनि रोग निदान गर्न नसकेपछि फेरि त्यहाँका चिकित्सकले तीनवटा फोटोसहित उपचार विधिबारे जानकारी माग्दै धुलिखेल अस्पतालमा इमेल पठाए। विशेषज्ञले फेरि उपचार विधिबारे उत्तर लेखेर पठाए। उत्तर थियो- ँअहिले मैले दिएको सल्लाहअनुसार औषघि खुवाउनु अनि माघ ३ गते बोलाउनुस् म आफैं आउँछु।’धुलिखेल अस्पतालले गत महिनादेखि टेलिर्डमाटोलोजी सेवा शुरू गरेपछि छाला तथा यौनरोग विभागमा अहिले दैनिक ८/१० जना बिरामीको बारै यस्तै इमेल तथा टेलिफोन आउने गरेको छ।
ग्रामीण भेगका जनतालाई र्सवसुलभ तरिकाले विशेषज्ञ चिकित्सकीय सेवा दिने उद्देश्यले अस्पतालले हाल काभ्रेको बोल्देफेदिचे, सिन्धुपाल्चोकको बाहुनेपाटी र काठमाडांैको नैकाप स्वास्थ्य केन्द्रमा यो सेवा शुरू गरेको छ। धुलिखेल अस्पतालका यी स्वास्थ्य केन्द्रमा सीडीएमए फोन र कम्प्युटर जडान गरिससकिएको छ। अस्पतालका छाला रोग विशेषज्ञ डा. झा भन्छन्- ँउपचारका लागि अस्पतालसम्म आउन नसक्ने ग्रामीण भेगका बिरामीहरूका लागि यो सेवाले ठूलो मद्दत पुर्याउनेछ। साथै गरिब तथा निमुखाहरूले पनि विशेषज्ञ चिकित्सकीय उपचार सेवा लिन सक्नेछन्।
सरकारले नयाँ नेपालको कल्पना गरिरहेको वर्तमान अवस्थामा आमनागरिकले भोगेका स्वास्थ्य समस्यालाई सस्तो र र्सवसुलभ तरिकाले समाधान गर्न पनि यो सेवाले केही मद्दत पुर्याउने धुलिखेल अस्पतालको दाबी छ। अझै पनि मुलुकका धेरै नागरिक स्वास्थ्य सेवाको पहुँचबाहिरै रहेको यथार्थ रहेको बताउँदै अस्पतालका निर्देशक प्रा.डा. रामकण्ठ माकजु भन्छन्- ँधुलिखेल अस्पतालको सेवामा प्रमुख प्राथमिकता गरिब तथा विपन्न परिवारका बिरामीहरूलाई हुनेछ।’ अस्पतालसम्म आउन नसक्ने तथा आर्थिक अवस्था कमजोर भएका ग्रामीण भेगका जनतालाई लक्षित गरी यो सेवा शुरू गरिएको निर्देशक डा. माकजु बताउँछन्।