Wednesday, October 22, 2008

Doctor Who Understood Birds' Language


कथा
चराको भाषा बुझ्ने वैद्य
-उद्धव उपाध्याय


धेरै पुराना कुरा हो । यूनान (ग्रीस) मा एकजना भविष्य बताउने मानिस थियो । उसको नाम मेलाम्पस थियो । उसले भविष्य त बताउथ्यो नै, राम्रो उपचार गर्ने वैद्य पनि थियो । उसले उपचार गरेपछि रोग र्फकंदैनथ्यो ।


पहिले उसमा यस्तो शक्ति थिएन । भविष्य देख्ने र औषीध गर्ने शक्ति उसलाई सर्पले दिएको थियो । एकदिनको कुरा हो मेलाम्पसका नोकरहरूले सर्पका जोडीलाई मारेछन् । उनीहरू त सर्पका बच्चाहरूलाई पनि मार्न चाहन्थे तर मेलाम्पसले उनीहरूलाई बचाए । सर्पका बच्चाहरू खुसी भए । एकदिन मेलाम्पस निदाएको बेला, ती सर्पहरूले मेलाम्पसको आखा र कानमा चाटे । यो घटना पछि मेलाम्पसले भविष्य देख्ने र औषधी गर्ने शक्ति पायो । साथै ऊ पशुपन्छी र किराहरूको भाषासमेत बुझ्न सक्ने भयो ।

यसरी दिन बित्दै गयो । एकदिन मेलाम्पसको भाइ दुःखी हुदै बसिरहेको थियो । यसको कारण बताउदै उसले भन्यो, "म राजा निलियसकी छोरी पेरोसाग विवाह गर्न चाहन्छु । राजाले यसका लागि एक शर्त राखेका छन् । शर्तअनुसार मैले फिलेकसको गाई लगेर दिनुपर्छ । फिलेकसको गाई ल्याउन असम्भव छ । कहिल्यै नसुत्ने डरलाग्दा कुकुरले रेखदेख गरिरहेको हुन्छ ।

मेलाम्पसले सान्त्वना दिदै भाइलाई भन्यो "चिन्ता नगर । ती गाई म ल्याएर दिउाला ।" गाई चोरी गर्दैगर्दा ऊ पक्राउमा पर्‍यो फिलेकसले एक वर्षको सजाया सुनाई जेलमा बन्द गर्‍यो ।

एक रात विचित्रको घटना भयो । मेलाम्पस जेलको कोठरीमा लेटी रहेको थियो । निद्रा लागेको थिएन । उसले दलिनमा दुईवटा घमिराबीच भएको कुरा सुन्यो । एउटा धमिरा अर्को धमिरालाई भन्दै थियो - भोलि बिहान बाहिरको रूख खोक्रो भएर ढल्छ र यो जेलको कोठा पनि भत्किन्छ ।

धमिराहरूको कुरा सुनेर मेलाम्पस आत्तिएर चिच्याउन थाल्यो । 'मलाई बचाउ । मलाई अर्को कोठामा सार ।' उसको आवाज सुनेर जेलका कर्मचारीहरू हड्बडाउाादै आए । ऊ 'मलाई बचाउ, मलाई अर्को कोठामा लैजाउ' भनी कराइरहेको थियो । कर्मचारीहरूले उसको कोठा बदले । केही बेरपछि बिहान भयो र बाहिर धमिराले मक्किएको रूख पनि ढल्यो र जेलको कोठा भत्कियो ।

यो देखेर जेलका अफिसरहरू छक्क परे । उनीहरूलाई मेलाम्पस निकै ठूला भविष्य बताउन सक्ने मानिस जस्तो लाग्यो । उसाग अलौकिक शक्ति भएको अनुमान पनि उनीहरूले गरे । जेलका अफिसरहरू तत्कालै फिलेकसकहा गई सबै वृत्तान्त बताए । उसलाई पनि फिलेकससाग ईश्वरीय शक्ति रहेको जस्तो लाग्यो ।
उसले मेलाम्पसलाई जेलमुक्त गर्‍यो । फिलेकसको छोरा इम्पmीकल्सको सन्तान थिएन । त्यसैले उनीहरू दुःखी थिए । फिलेकसले छोराको उपचार गरिदिन मेलाम्पससाग अनुरोध गरे । मेलाम्पस मौका हेरिरहेका थिए । उसले पनि शर्त राख्यो र भन्यो -"म उपचार त गरिदिन्छु तर बदलामा मलाई तपाइर्ाको गाई चाहिन्छ ।

फिलेकस गाई दिन तयार भयो । अनि मेलाम्पस औषधी उपचारमा तल्लिन रहृयो । एकैछिन पछि, महलको छानामा दुईवटा गिद्ध आएर बसे । उनीहरू कुरा गर्न थाले । एउटा गिद्धले भन्यो -'यो यही स्थान त हो नि हामी धेरै वर्ष पहिले पनि आएको थियौं ।"

अर्को गिद्धले भन्यो - 'अ, हो त नि ! त्यतिबेला इम्पmीकल्स सानै थियो । बुबाको हातमा छुरा देखेर इम्पmीकल्स कस्तो डराएको थियो । त्यो देखेर इम्पmीकल्स भाग्यो, उसलाई रोक्न बाबु पनि पछिपछि दौडे । छुरा भुइमा खस्ला भन्ने डरले बुबाले छुरालाई नास्पातीको रूखमा घोपेर छोराको पछिपछि लागे । त्यो छुरा आजसम्म पनि रूखमै गाडिएरै रहेको छ ।"

गिद्धको कुरा सुनेर मेलाम्पसले भन्यो - "तिमीहरूलाई धेरै धन्यवाद ! इम्पmीकल्स सन्तान हुने उपाए के छ, त्यो पनि त बताऊ ।" एउटा गिद्धले भन्यो- "छुरालाई रूखबाट झिकेर पखाल्नु । छुरा धोएको पानी इम्पmीकल्सलाई दस दिनसम्म खुवाउनु । उसलाई ठीक हुन्छ ।"

मेलाम्पसले गिद्धले सिकाएजस्तै उपचार गर्‍यो । एक वर्षभित्र इम्पmीकल्स बाबु बन्यो । फिलेकस नाति देखेर दङ्ग पर्‍यो । मेलाम्पसले गाई पायो । मेलाम्पसले गाई लगेर भाइलाई दियो । राजा निलियसले गाईर् पाएपछि आˆनी छोरीसाग मेलाम्पसको भाइसाग विवाह गरिदियो ।

मेलाम्पसलाई आज पनि अनौठो चिकित्सक तथा भविष्यवक्ताको रूपमा सम्झना गरिन्छ ।

(Source: Muna 2063 Kartik)